काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका अवैधरूपमा राखिएका व्यापार र संरचना हटाउन थालेको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकामा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसल पनि हटाउन सुरु गरेको हो ।
यस्तै, महानगरले असनमा फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्री, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री भोलि बिहानसम्म हटाउन भनेको छ । काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको छ । ।
सडकपेटीसम्म राखेका पसल भोलिसम्म नहटाए आफूहरुले नै हटाउने उनले बताए । अहिले असन क्षेत्रमा माइकिङ गरेर फुटपाथ खाली गर्न महानगरले आग्रह गरिरहेको छ । साँघुरा गल्लीमा सडकसम्मै ल्याएर थापिएका पसलले नागरिकलाई आउजाउमै समस्या हुने गरेको छ ।
Facebook Comment
Comment