काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार भेटवार्ता भएको छ । जापान भ्रमणबाट फर्के लगत्तै प्रचण्डले भट्टराईसँग भेट गरेका हुन् ।
भेटमा चुनावी तालमेल, समाजवादी मोर्चा निर्माण लगायतका विषयमा छलफल भएको बताइएको छ । प्रचण्डले आगामी चुनावमा एउटै चिन्ह लिएर लड्न प्रस्ताव गरेका थिए । भट्टराई पनि त्यसमा सकारात्मक रहेको बताइएको छ । यद्यपी यसबारे थप छलफल गर्ने सहमति दुई नेताबीच भएको छ ।
माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन प्रयास गरिरहेको छ । भट्टराईले भने नयाँ पार्टी बनेपछि सबै दलका शिर्ष नेतासँग भेट्ने क्रममा प्रचण्डसँग छलफल भएको बताए । यसअघि उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
भेटमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
Facebook Comment
Comment