प्रचण्ड र बाबुरामबीच भेटवार्ता, मिलेर अघि बढ्नेबारे छलफल

नेपालभ्युज

प्रचण्ड र बाबुरामबीच भेटवार्ता, मिलेर अघि बढ्नेबारे छलफल

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार भेटवार्ता भएको छ । जापान भ्रमणबाट फर्के लगत्तै प्रचण्डले भट्टराईसँग भेट गरेका हुन् ।

भेटमा चुनावी तालमेल, समाजवादी मोर्चा निर्माण लगायतका विषयमा छलफल भएको बताइएको छ । प्रचण्डले आगामी चुनावमा एउटै चिन्ह लिएर लड्न प्रस्ताव गरेका थिए । भट्टराई पनि त्यसमा सकारात्मक रहेको बताइएको छ । यद्यपी यसबारे थप छलफल गर्ने सहमति दुई नेताबीच भएको छ ।

माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर वाम समाजवादी मोर्चा बनाउन प्रयास गरिरहेको छ । भट्टराईले भने नयाँ पार्टी बनेपछि सबै दलका शिर्ष नेतासँग भेट्ने क्रममा प्रचण्डसँग छलफल भएको बताए । यसअघि उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

भेटमा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved