क्राइमियाको सैन्य शिविरमा विस्फोट, युक्रेनले आक्रमण गरेको आशंका

रुसको क्राइमियामा रहेको एउटा सैन्य शिविरमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । स्थानीय प्रत्यक्षदर्शीहरूले रोयटर्स एजेन्सीलाई बताए अनुसार उनीहरूले कम्तिमा १२ वटा विस्फोटहरू सुनेका छन् ।

नेपालभ्युज

क्राइमियाको सैन्य शिविरमा विस्फोट, युक्रेनले आक्रमण गरेको आशंका

रुस। रुसको क्राइमियामा रहेको एउटा सैन्य शिविरमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । स्थानीय प्रत्यक्षदर्शीहरूले रोयटर्स एजेन्सीलाई बताए अनुसार उनीहरूले कम्तिमा १२ वटा विस्फोटहरू सुनेका छन् ।

विस्फोटमा एक सैनिकको ज्यान गएको र अरु क्षतिको विवरण प्राप्त नभएको क्षेत्रीय प्रशासनका प्रमुख सर्गेई अक्स्योनोभले बताएका छन् ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा धेरै विस्फोटहरू देखाइएको छ । रुसको रक्षा मन्त्रालयले गोला बारुद विस्फोट भएको बताएपनि यो स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

मन्त्रालयले गोलाबारुद भण्डारण क्षेत्रमा कुनै खतरा नभएको रसियाको राज्य सञ्चालित रिया समाचार एजेन्सीले जनाएको छ। युक्रेनी प्रायद्विप रहेको क्राइमियालाई रुसले सन् २०१४ मा आफ्नो क्षेत्रमा गाभेको थियो । क्राइमिया रुसी नागरिकको लागि एक मूख्य पर्यटकीय गन्तव्य हो । विस्फोटपछि एक भिडियोले पृष्ठभूमिमा धुवाँ उठेको बेला आगन्तुकहरूलाई समुद्र तटबाट भागेको देखाएको थियो।

विस्फोट स्थल वरिपरि ५ किलोमिटर क्षेत्रमा कसैलाई पनि प्रवेश नदिइएको खबरमा उल्लेख छ ।

डोज्ड टिभी च्यानलसँग कुरा गर्दै युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोल्याकले विस्फोटका लागि कीभ जिम्मेवार नभएको बताएका छन्।

तर युक्रेनको सेनाले फेसबुकमा एक व्यंग्यात्मक बयान पोस्ट गरेर मोस्कभा युद्धपोत र अन्य सैन्य अवरोधहरू तोडिने संकेत गरेको थियो ।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राती गरेको भिडियो पोष्टमा युक्रेनले नै क्राइमियामा विस्फोट गराएको उल्लेख गरेका छैनन् तर क्राइमिया युक्रेनी भूमि भएको र यसलाई कहिल्यै नछाड्ने बताएका छन् ।

उनले युक्रेनमाथिको आक्रमण क्राइमियाबाट सुरू भएको र क्राइमियाबाटै समाप्त हुने पनि बताएका छन्  । रुसले कब्जा गरेको कुनै पनि भूमि नछाड्ने उनको भनाई थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved