पेलोसीको ताइवान भ्रमणले चीनमा उर्लेको राष्ट्रवादी भावनाका जोखिम

पर्यवेक्षकहरू भन्छन् कि, चिनियाँ कम्युनिस्ट पार्टी र सरकार जनताको आन्तरिक समर्थनका लागि राष्ट्रवादी भावनाको दोहन गर्न सधैं माहिर थियो, तर यसपटक राष्ट्रवादको बढ्दो भावना नियन्त्रणभन्दा बाहिर निस्कन र उल्टो हुन सक्ने छ । पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न राष्ट्रवादको भावनालाई सम्हाल्न बेइजिङलाई गाह्रो हुँदै गएको छ।’

पेलोसीको ताइवान भ्रमणले चीनमा उर्लेको राष्ट्रवादी भावनाका जोखिम

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले निश्चय नै चीनमा राष्ट्रवादी भावना बढ्यो, तर यसबाट उत्पन्न व्यापक निरासा छिट्टै यसभित्र समाहित पनि भयो। ‘म यो विश्वास गर्न सक्दिन थे, म चिनियाँ सेनाद्वारा ताइवानको बलपूर्वक एकीकरणको उत्सव मनाउन लागेको छु। चीनसँग त्यसो गर्न सक्नेगरी बलियो छ, छैन र ?’ एक वाइबो प्रयोगकर्ताले लेखेका छन्, ‘न्यान्सी पेलोसीको ताइवान भ्रमण सन् १९९७ यता उच्च अमेरिकी अधिकारीको भ्रमण हो। यो भ्रमणसँगै बेइजिङको मौनता तोडिएको छ र अनेक प्रतिक्रियाहरू सार्वजनिक हुँदै छ।’

भ्रमणको अघि र पछि बेइजिङले कडा चेतावनी र धम्कीपूर्ण अभिव्यक्ति दियो। ताइवानबाट हुँदै आएका केही आयातहरू निलम्बित गर्‍यो। टापुलाई लक्षित गरी ‘लाइभ–फायर’ अभ्यास सुरुवात गर्‍यो। तर, सामाजिक सञ्जालमा व्यक्त हुने प्रतिक्रिया, राज्यले बजाउने दुन्दुभी, मिडियामा हुने आक्रोशपूर्ण प्रचारबाजी र यृुद्धका लागि उक्साउने कार्यभन्दा जनताले बढी आशा राखेका थिए। यहाँसम्म कि, बुधबार विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले जनतालाई ‘तर्कसंगत देशभक्त’ हुन र बेइजिङको ‘सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक प्रतिरक्षा गर्ने क्षमता’ मा विश्वास गर्न जनतासँग आह्वान गरे।

पर्यवेक्षकहरू भन्छन् कि, चिनियाँ कम्युनिस्ट पार्टी र सरकार जनताको आन्तरिक समर्थनका लागि राष्ट्रवादी भावनाको दोहन गर्न सधैं माहिर थियो, तर यसपटक राष्ट्रवादको बढ्दो भावना नियन्त्रणभन्दा बाहिर निस्कन र उल्टो हुन सक्ने छ। पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न राष्ट्रवादको भावनालाई सम्हाल्न बेइजिङलाई गाह्रो हुँदै गएको छ।’

‘यो दुईधारे तलबार जस्तै हो’– ती अनुसन्धानकर्ताले भने। तर, उनले आफ्नो नाम खुलाउन भने अस्वीकार गरे। उनले अध्यापन गर्ने विश्वविद्यालयले अगामी शरदमा हुने चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनसम्मका लागि अन्तर्वार्ता तथा कुनै घटनामा प्रतिक्रिया दिने कडा नियम बनाएको छ।

तर, उनले थपे–‘ यदि, यसलाई नियन्त्रणमा राख्न सकिएन भने चीनको कुटनीतिक एजेन्डा लिकबाट उत्रिनेछ। अमेरिका, युरोप र अन्य पश्चिमा देशहरूसँगको चीनको कुटनीतिक सम्बन्धमा प्रभाव पर्नेछ।’ चिनियाँ जनताबाट अभिव्यक्त हुने देशभक्तिपूर्ण भावनाको निरन्तरतालाई बेइजिङको ताइवानी स्वतन्त्रता विरुद्धको अडानका लागि पुष्ट्याइँ मान्ने गरिएको छ।

राष्ट्रपति सि जीन पिङले गत हप्ता आफ्ना अमेरिकी समकक्षी जो वाइडनसंग गरेको फोनवार्तामा सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिरक्षा गर्दै ‘यो १ खर्ब ४० करोड चिनियाँ जनताको एक पबलियो भावना’ भएको बताएका थिए।

राष्ट्रपति सिले फोनवार्तामा भनेका कुरालाई उद्हरण गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको थियो–‘जनताको धारणालाई अनादर गर्न मिल्दैन। यदि आगोसंग खेलियो भने निश्चित छ त्यसले जलाउँने छ।’
मंगलबार यो भावना फेरि एकपटक प्रकट भयो। स्टेट काउन्सुलर तथा विदेशमन्त्री वाङ यीले भने–‘पेलोसी एक अर्ब ४० करोड चिनियाँ जनतालाई दुश्मन बनाउँदैद्धछन, यसको अन्तिम परिणम राम्रो हुने छैन।’
आफ्ना विचारहरु खुलेर राख्न मन पराउँने एक राष्ट्रवादी पत्रिका ग्लोबल टाइम्सका प्रधान सम्पादक हु सि जिनले भनेका थिए–‘ अब केही न केही महत्वपूर्ण कार्वाही गर्नु पर्ने बेला आएको छ।’ उनका २ करोड ४० लाख बढी वेइबो र ५ लाख १० हज्जार ट्वीटर फ्लोआर छन।

जुलाई २० मा हुले ट्वीट गरेका छन–‘ चिनियाँ सरकार र सेनालाई मेरो सुझाब छ, यदि पेलोसीले ताइवान भ्रमण गरिन भने चिनियाँ जनमुक्ति सेनाको जहाजले उनको जहाजलाई टापु प्रवेशमा साथ दिनु पर्दछ। ताकी चिनियाँ मूलभूमिको सैन्य जहाजद्धारा ऐतिहासिक रुपमा पहिलोपटक जहाजको क्रसिङ होस। यसको भिन्नै महत्वले पेलोसीको भ्रमणलाई ओझलमा पर्ने छ।’

उनले त्यसको अर्को दिन लेखे कि पेलोसीको भ्रमणमा चीन मूलभूमिको प्रतिक्रिया अभूतपूर्व हुने छ। त्यसमा केही सबैलाई चकित पार्ने सैन्य कार्वाही समेत सामेल हुनेछन।
जुलाई २९ मा राष्ट्रपति सिले समकक्षी वाइडनलाई फोन गर्नु एक दिन अघि उनले आफ्नो बयानबाजीलाई फेरि यसरी दोहोर्याए–‘ यदि अमेरिकी लडाकु बिमानले पेलोसी चडेको जाहजको स्कटिङ गर्यो भने त्यो सिधै हस्तक्षेप हुनेछ। चिनियाँ जनमुक्ति सेनालाई बलपूर्वक पेलोसी र अमेरिकी लडाकु बिमानलाई भगाउने अधिकार हुने छ। साथै सेनाले चेतावानीका लागि फाइरिङ र व्यवधान खडा गर्ने कदम चाल्न सक्ने छ। यदि यी कदम पनि अपर्याप्त भएमा ती माथि गोली चलाइनु पर्दछ।’
ट्वीटरले पछि डिलिट गरिएको थियो। ट्वीटरले यसलाई आफ्नो प्लेटफर्मका नियमको उल्लंघन भनेर सुचित गरेको थियो।
तर यो ट्वीट मेटाउने कार्यले अरुलाई निरुत्साहित भने गरेन। बिहीबार वीचाटमा पर्याप्त त्यस्ता लेखहरु आएका थिए जसमा मानिसले अब ताइवानलाई बलपूर्वक एकिकरण गर्नु पर्दछ भन्ने भावना व्यक्त गरेका थिए।

तर, यस प्रकारका युद्ध भड्काउने कुराकानीको आलोचना पनि नहुने हैन। रेन वी– हारवर्ड विश्वविदालयबाट शिक्षित एक सामाजिक संजाल ह्यान्डल राबिट चेयरम्यान हुका भनाईलाई जनअपेक्षाको अतिशयोक्तिकरण र उल्टै बेइजिङलाई अप्ठ्यारोमा धकेल्ने प्रयत्न भनेर आलोचना गर्दछन।

रेनले आफ्नो वीचाट एकाउन्टमा भनेका छन कि हुको व्यक्तिगत धारणाले जनतालाई गुमराह गर्ने र प्रचार दूर्घटनामा योगदान पुरयाउँने छ। तर बेइजिङको भ्रमणबारेको प्रतिक्रिया देशभक्तहरुको उम्लिरहेको रगत’ संग तादम्य छैन।

उनले भनेका छन कि चीनको विशाल सकारात्मक उर्जालाई सबैले महशुश गर्न जरुरी छ। त्यसको सट्टा जनतामा निरसा, विभ्रम र सरकारप्रतिको अतिशय आशामा डुबाउँनु हुँदैन।

पर्यबेक्षकहरु ठान्छन कि राष्ट्रवादको भावनाको नाजायज अपहरण हुनबाट जोगाउँन सरकारले आफ्ना कार्यहरुमा पनि गहिरो चिन्तन गर्न जरुरी छ।
केही दशक यता चिनियाँ अधिकार र राज्यका संचार माध्यमले चिनियाँ सक्षमतालाई अतिरन्जनापूर्ण विश्वासको तहमा निर्माण गर्ने काम गरेका छन। यसले जनतामा भ्रम र अति आशा सृजना गर्दछ। ती राजनीतिशास्त्रीले भने।

उनी थप्छन–‘सरकारले चीनको औधोगिक, प्राविधिक र सैन्य शक्तिको घमण्ड गर्नु अघि त्यसको बस्तुनिष्ठ मूल्यांकन गर्नु पर्दछ।’
शिन्जुवान विश्वविद्यालयका राजनीतिशास्त्रका लेक्चरर वु छियान भन्छन कि बढ्दो राष्ट्रवादी भावनाको कारणले अमेरिका र अन्य पश्चिमा देशहरुसंग तनाव सहज गर्ने चीनको मनसायलाई प्रभावित गर्न सक्दछ।
साउद चाइना पोष्टबाट अनुदित।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved