अमेरिकी खेलाडी ग्रिनरलाई रुसमा ९ वर्षको जेल सजाय, कैदी साटासाट गर्न अमेरिकाको प्रस्ताव

नेपालभ्युज

अमेरिकी खेलाडी ग्रिनरलाई रुसमा ९ वर्षको जेल सजाय, कैदी साटासाट गर्न अमेरिकाको प्रस्ताव

मस्को। रुसको एक अदालतले अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरलाई लागुऔषध मुद्दामा ९ वर्षको जेल सजाय सुनाएको छ ।

मस्को नजिकैको अदालतले उनलाई तस्करी र लागूऔषध राखेको अभियोगमा दोषी ठहर गरेको थियो। अभियोजन पक्षले साढे ९ वर्ष कैद सजाय माग गरेको थियो ।
विश्वका उत्कृष्ट खेलाडीमध्ये एक मानिने ग्रिनरलाई गएको फेब्रुअरीमा मस्को विमानस्थलमा उनको सामानमा भाङको तेल भएको भेप कारतूस लागुऔषध भेटिएपछि पक्राउ गरिएको थियो।

उनी अमेरिकाको अफ सिजनमा क्लब बास्केटबल खेल्न रुस पुगेकी थिइन् ।

त्यसको लगत्तै रुसले युक्रेनमाथि आक्रमण गर्योख र उनको मुद्दा अमेरिका र रुसबीचको उच्चस्तरीय कूटनीतिको विषय बनेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त सजाय अस्वीकार्य भएको बताएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले रुसमा यात्रा गर्ने, काम गर्ने र बस्ने सबैको लागि रुस खतरायुक्त देश भएको बताएका छन् ।

बिहीबार फैसला पढ्दै प्रधानन्यायाधीशले ग्रिनरले पहिले नै धेरै समय हिरासतमा बिताएको तथ्यलाई ध्यानमा राखेको बताएका छन् ।

ग्रिनरका प्रतिरक्षा वकिल मारिया ब्लागोभोलिनाले ग्रिनर धेरै निराश र धेरै तनावमा भएको बताएकी छिन् ।
३१ वर्षीया ग्रिनरलाई हथकडी लगाएर अदालतबाट बाहिर लैजाँदै गर्दा उनले भनेकी छिन्, “मेरो परिवारलाई माया गर्छु।”

ग्रिनरले भाङको तेल राखेको स्वीकार गरेकी छिन् । तर उनले अदालतलाई  इमानदार गल्ती गरेको बताएकी छिन् ।

ग्रिनरको प्रतिरक्षा टोलीले फैसला विरुद्ध पुनरावेदन गर्ने बताएको छ। ग्रिनरको कैद समय घटाउनेबारे अमेरिका र रूसले छलफल गरिरहेका छन् ।
कैदी साटासाट गर्न अमेरिकाको प्रस्ताव

अमेरिकले रुसमा जेल सजायँ सुनाइएका बास्केटबल खेलाडी र अमेरिकामा जेल परेका एक अपराधि साटासाट गर्ने प्रस्ताव गरेको छ ।

ग्रिनर र अर्का एक कैदी पल व्हेलनलाई रुसले अमेरिका पठाएमा अमेरिकी जेलमा परेका रूसका मानव तस्कर भिक्टर बाउटलाई पनि रुस पठाउन सकिने अमेरिकाले जनाएको छ ।

ग्रिनरको सजाय पछि बोल्दै, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले रुसलाई ग्रिनर र साथी अमेरिकी नागरिक पल व्हेलनका लागि अमेरिकाले प्रस्ताव गरेको गम्भीर प्रस्ताव स्वीकार गर्न आग्रह गरे।

“यो गम्भीर प्रस्ताव हो। हामी उनीहरूलाई यसलाई स्वीकार गर्न आग्रह गर्दछौं। हामीले पहिलो पटक यो प्रस्ताव गर्दा उनीहरूले यसलाई हप्ता अघि स्वीकार गरिसक्नुपर्थ्यो ।” किर्बीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved