चीनद्वारा ताइवाननजिक २ मिसाइल प्रक्षेपण

नेपालभ्युज

चीनद्वारा ताइवाननजिक २ मिसाइल प्रक्षेपण

काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो ।

ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुने बीबीसीले जनाएको छ ।

अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरूसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved