म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

थप तीन जनाको शव पनि भेटिएसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले नेपाल भ्यूजलाई बताए।

नेपालभ्युज

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं। म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। थप तीन जनाको शव भेटिएसँगै पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले नेपाल भ्युजलाई बताए।

मृतकहरू एकै परिवारका हुन्। तामेङमा ३७ वर्षीय घामबहादुर विकको परिवार पहिरोमा परेको हो। पहिरोले घामबहादुरसहित श्रीमती राममाया विक र छोरी रोजी विकको शव मध्यान्ह फेला परेको प्रहरीले बताएको छ। घामबहादुरका छोराहरू नवीन र रुजन विकको शव बिहान फेला परेको थियो।

पहिरोमा परेर दुईजना घाइते भएका र उपचार भइरहेको प्रहरीले जनाएको छ।बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक भने घाइते भएका थिए। पहिरो स्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved