चीनको वुहानमा चार जनामा कोरोना संक्रमणपछि लकडाउन

नेपालभ्युज

चीनको वुहानमा चार जनामा कोरोना संक्रमणपछि लकडाउन

काठमाडौं। कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ। पहिलो पटक चीनको वुहानबाटै कोरोना संक्रमण शुरु भएर विश्वव्यापी महामारीको रूप लिएको थियो।

चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको बीबीसीले जनाएको छ।

अहिले वुहानको जियाङ्गसिया क्षेत्रमा चार जनामा लक्षण विनाको कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैले तीन दिनसम्म अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन आह्वान गर्दै लकडाउन घोषणा गरिएको छ। जियाङ्गसिया क्षेत्रमा करिब १० लाख जनसङ्ख्या रहेको बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved