संसदीय छानबिन समितिले बिहीबार जनार्दन शर्मासँग छलफल गर्ने

नेपालभ्युज

संसदीय छानबिन समितिले बिहीबार जनार्दन शर्मासँग छलफल गर्ने

काठमाडौं। संसदीय छानबिन विशेष समितिले भोलि (बिहीबार) निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने भएको छ। बुधबार सोधपुछ गर्ने भनिए पनि नभएकाले बिहीबार सोधपुछ गर्न लागिएको जनाइएको छ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको आज (बुधवार) बसेको बैठकले सोधपुछका लागि शर्मालाई बोलाउने भएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।

बुधबारको बैठकमा समितिले अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको छ।

समितिको बैठकमा छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा छलफल भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय अब दुई दिन मात्रै बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved