पहिरोले मुग्लिनबाट पोखरा जाने राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। मङ्गलबार राति परेको वर्षाका कारण बुधवार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

नेपालभ्युज

पहिरोले मुग्लिनबाट पोखरा जाने राजमार्ग अवरुद्ध
फाइल तस्वीर

काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। मङ्गलबार राति परेको वर्षाका कारण बुधवार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्।

अहिले पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको छ। पृथ्वी राजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved