मलेसियामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन तीन हजार बढीमा संक्रमण पुष्टि

नेपालभ्युज

मलेसियामा बढ्न थाले कोरोना संक्रमित, एकैदिन तीन हजार बढीमा संक्रमण पुष्टि

क्वालालम्पुर। मलेसियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

गएको २४ घन्टा यतामात्र तीन हजार ८० जनामा गएको २४ घन्टा यता संक्रमण थपिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

साथै सो संक्रमणका कारण गएको २४ घन्टायता सात जनाको ज्यान पनि गएको जनाएको छ। यहाँ अहिलेसम्म ४६ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन्, भने ३५ हजार ८६५ को ज्यान गएको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तायता संक्रमितहरुको संख्या बढेको र अस्पताल भर्ना हुनेहरु पनि बढेका जनाएका छन्।

मलेसियामा अहिले ४२ हजार भन्दा बढी सक्रिय संक्रमित छन्। यहाँका नागरिकलाई सतर्कता अपनाउन भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved