काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले उपसभामुखको दाबेदार प्रमुख प्रतिपक्षी हुनुपर्ने बताएकी छन्।
‘‘प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने व्यवस्था छ। दुवै पदमा फरक फरक दलका प्रतिनिधि हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ,’’ उनले भनिन्, ‘‘हाल गठबन्धनको सरकार चलेको अवस्थामा गठबन्धनकै दुई घटकले सभामुख र उपसभामुखको पद लिनु संवैधानिक र नैतिक हिसाबले अनुचित देखिन्छ। उपसभामुखमा प्रमुख प्रतिपक्षीको स्वभाविक दाबी रहन्छ।’’
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले उपसभामुखमा एमालेलाई समर्थन गर्न आग्रह समेत गरेकी छन्।
‘‘देशको सबैभन्दा ठुलो पार्टी नेकपा एमाले अहिले प्रमखु प्रतिपक्षमा छ। र एमालेका अति परिपक्व उम्मेदवारलाई उपसभामुखको जिम्मेवारी दिनु सन्तुलित संसदीय अभ्यासका लागि अति आवश्यक छ’’, उनले भनिन्, ‘‘एमालेका उम्मेदवारलाई मतदान गर्न म अनुरोध गर्दछु।’’
Facebook Comment
Comment