सभापति प्रतिपक्षलाई दिनुपर्ने भन्दै एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै नेकपा एमालेले बैठक बहिष्कार गरेको छ।

नेपालभ्युज

सभापति प्रतिपक्षलाई दिनुपर्ने भन्दै एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार

काठमाडौं। सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै नेकपा एमालेले बैठक बहिष्कार गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा वर्तमान सरकार गठन भएको एक वर्ष पुगिसक्दा समेत समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

बैठकमा सभापति भरत कुमार शाहले समितिको वार्षिक प्रतिवेदन पारित गर्न प्रस्ताव गरेका थिए। तर एमाले सांसद विशाल भट्टराई र गोकुल बास्कोटा लगायतले सभापतिले राजीनामा दिनुपर्ने र प्रतिपक्षीबाट नयाँ सभापति चयन हुनुपर्ने बताए।

लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेकाले वर्तमान सभापतिले मार्गप्रसस्त गर्नुपर्ने उनीहरुको भनाइ थियो।

सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर सभापतिको विषयमा छलफल गर्न आग्रह गर्दा प्रतिपक्षी सांसलहरुले सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने भन्दै बैठक बहिष्कार गरे। त्यसपछि बैठकले बहुमतका आधारमा समितिको २२ औँ वार्षिक प्रतिवेदन पारित गरेको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए।

बैठकमा अन्य सांसदहरुले सभापति परिवर्तन गर्ने विषयको भिन्दै प्रक्रिया रहेको भन्दै समितिमा यस्ता विषय नउठाउन विपक्षी सांसदहरुलाई सुझाव दिएका थिए। समितिका हालका सभापति भरत कुमार शाह कांग्रेसका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved