काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष विनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन भएको छ।
बुधबार पत्रकार सम्मेलन गरेर महासंघले काभ्रेमा १६ असोजदेखि शुरु भएर १८ गते सम्पन्न गरेको सातौं राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय सदस्य समिति चयन गरेको जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा नवगठित केन्द्रीय अध्यक्ष थापाले नेपालको कानुन श्रमिकविरुद्ध भएको बताए। उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐनमा श्रमिक हितविरोधी प्रावधान तत्काल खारेज गर्न तथा श्रमिक हितविरोधी प्रावधान हटाउन विद्रोहको लहर सिर्जना गर्ने उद्देश्यसमेत उक्त सम्मेलनले लिएको जानकारी दिए। मजदुरविरुद्ध प्रत्येक सरकारको कदमलाई आफूहरुको ट्रेड युनियनले असहयोग गर्ने उनले बताए।
त्यस्तै उनले मजदुर अधिकारका लागि आन्दोलन गर्ने पनि जानकारी दिए।
Facebook Comment
Comment