काठमाडौं। नेपालका कम्युनिष्ट एकताको चर्चा र गृहकार्य चलिरहेका बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अधिकांश शीर्ष तहका नेताहरू एक ठाउँ भेला भएका छन्।
उक्त भेटघाटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेता वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ देखिएका छन्।
सामाजिक सञ्जालमा प्रचण्डको सचिवालयले सार्वजनिक गरेको फोटोमा यी नेताहरू देखिएका छन्।
भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। नेताहरूको भेट भएको स्थानबारे भने खुलाइएको छैन।
पछिल्लो समय देशैभरका कम्युनिष्ट पार्टी एकताको चर्चा चले पनि औपचारिक रूपमा कतैबाट पहलकदमी भने हुन सकेको छैन।
Facebook Comment
Comment