१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

त्रिवेणी गाउँपालिका ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

नेपालभ्युज

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ

काठमाडौं। रोल्पाको त्रिवेणी गाउँपालिकाका एक जनप्रतिनिधि किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। त्रिवेणी गाउँपालिका ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

केसी ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा त्रिवेणी गाउँपालिका वडा नम्बर ६ को वडा सदस्यमा निर्वाचित भएका थिए। केसी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन्।

रोल्पाका प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार गएको जेठ ३० गते रोल्पाकै माडी गाउँपालिका १ घर भएकी कक्षा ९ मा अध्ययनरत १४ वर्षीया किशोरीलाई उनले घरमै गएर जबरजस्ती करणी गरेको आरोप छ।

अभिभावकले किशोरीमाथि बलात्कार भएको उजुरी दिएपछि वडा सदस्य केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved