दुई दिने सार्वजनिक बिदा यो महिनाबाट खारेज

आजबाट कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म

नेपालभ्युज

दुई दिने सार्वजनिक बिदा यो महिनाबाट खारेज

काठमाडौं। सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा यो महिनादेखि खारेज भएको छ। जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय बुधबार १ असारदेखि खारेज भएको हो। आजबाट कार्यालय समय पनि यसअघिकै अर्थात् बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको हुनेछ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको थियो। जसअनुसार अब सातामा आइतबार हुँदै आएको सार्वजनिक बिदा कटौती भएको छ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्न भन्दै सरकारले परीक्षणका लागि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय १३ वैशाखको मन्त्रिपरिषद् बैठकबाट गरेको थियो। जसको चर्को आलोचना भएको थियो। त्यसपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको हो।

दुई दिन सार्वजनिक बिदा दिने भएपछि कार्यालयमा समय बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कायम गरिएको थियो। अब कार्यालय समय पनि यसअघिकै अर्थात् बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved