काठमाडौं। लैंगिक हिंसा तथा मानव बेचबिखन अन्तरसम्बन्ध कार्यक्रमको तर्जुमाका सन्दर्भमा–नेपालमा काठमाडौं, मोरङ्ग, सुनसरी र बाँकेका गरी ७० जनाभन्दा बढी व्यक्तिहरूसँग अन्तर्वार्ता गरी एक अनुसन्धान गरिएको थियो।
नेपालमा गरिएको अनुसन्धानले लैङ्गिक हिंसा र मानव ओसारपसार (टीआइपी) को अन्तरसम्बन्ध दर्शाउन र सोको छनोट (स्क्रिनिङ), पहिचान र सुधारका लागि चाल्नुपर्ने कदमका साथसाथै समग्र लैंगिक हिंसाको दृष्टिकोणबाट ओसारपसारमा परेकाहरूका लागि दिनुपर्ने सेवाका सम्बन्धमा एक प्रारम्भिक दस्तावेज तयार गरेको छ।
यसै सन्दर्भमा द एशिया फाउण्डेसनले अफिस टु मनिटर एण्ड कम्ब्याट ट्राफिकिङ इन पर्सन्स (जे÷टीआईपी, संयुक्त राज्य अमेरिका डिपार्टमेन्ट अफ स्टेट) को सहयोगमा मानव ओसारपसार (टीआईपी) तथा लैंगिक हिंसा (जिबिभि) का पिडितहरूलाई सेवा प्रवाह बिषयमा दक्षता अभिवृद्धि तथा प्रभावकारिता सुधार गर्नका लागि आवश्यका जानकारी दिएर सहयोग गर्न तीन लक्षित देशहरू भारत, नेपाल, र श्रीलँकामा एक बहु देशीय अनुसन्धानमा आधारित अध्ययन संचालन गरेको थियो। उक्त अनुसन्धान संचालनको लागि भारतमा एफएक्सबि इण्डिया सुरक्षा, श्रीलँकामा नीति विश्लेषण केन्द्र, र नेपालमा सोसल साइन्स बाहा सँग सहकार्य गरी ती देश केन्द्रित अनुसन्धान गरिएको थियो।
अध्ययनको क्षेत्रीय सम्मेलन सन २०२१ को मार्च २४ र २५ मा दिल्लीमा सम्पन्न भएको थियो। उक्त सम्मेलनमा भारत, श्रीलंका र नेपालका प्रमुख सरोकारवाला निकाय तथा अधिकारीहरूलगायत गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
उक्त कार्यक्रमको बारेमा भारतको लागि एशिया फाउण्डेसनकी कन्ट्रि प्रतिनिधि नन्दिता बरुहले उक्त अनुसन्धानका विषयमा व्यक्त गरेको मन्तव्य उल्लेखनीय थियो। मन्तव्यका क्रममा उहाँले भन्नु भएको थियो कि “ सम्मेलनमा पूर्व वक्ताहरू र सहभागीहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट बुझ्न सकिन्छ कि अनुसन्धानले लैगिक हिंसा(जीबीभी) र मानव ओसारपसार (टीआईपी) बीचको अन्तरसम्बन्धलाई उजागर गर्न निकै मद्दत गरेको छ।
प्राप्त सुझावहरूले मानव बेचबखिनको मुख्य कारकको रुपमा लैङ्गिक हिंसालाई औंल्याएको छ। मूख्य सूचनादाताका अन्तर्वार्ताहरू, सरोकारवालाहरूसंगको अन्तर्वार्ताहरू, लक्षित समूहका छलफलहरू, कानून तथा सहायक सामग्री अर्थात द्वितिय स्रोत सामग्रीको पुनरावलोकनद्वारा सूचित गरिएको अध्ययनले लैंगिक हिंसा र मानव बेचबिखनको सम्बन्ध तथा पीडितहरूले भोगेको हिंसालाई दर्शाएको छ।
यसले निश्चित देश र स्थानको पहिचान गरेको छ, जसलाई पिडितको पहिचान गर्ने विषयमा सुधार गर्न र समयमै पीडितहरूका लागि उपयुक्त सेवाहरूमा पहुँचको सुनिश्चितता गर्न सहयोगीसिद्ध हुन्छ।” उनले मन्तव्य व्यक्त गर्दै विशेषज्ञहरूसंगको सहकार्यमा तयार गरिएका उपकरणहरू एवं सिफारिसहरूले मानव बेचबिखन कार्यलाई रोक्न तथा सेवा वितरणमा पिडितहरूको पहुँचलाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा मन्तव्यका क्रममा सोसल साइन्स बाहा, नेपालका निर्देशक दीपक थापाले भने, “कोभिड १९ जस्तो महामारीको दौरानमा संचालन गरिएको यस अध्ययनले लैङ्गिक हिंसा र मानव ओसारपसार दुवैको रोकथामको लागि कानून लागू गर्ने अधिकारीहरू एवं सेवा प्रदायकहरूले सामना गरिरहेका विभिन्न अड्चनहरू तथा प्रभावितहरू उपर पारेको असर, खास गरेर पीडितहरूको छनौट र पहिचान गर्ने विषयमा प्रकाश पार्न सफल भएको छ। सबै पक्षहरूसंग गरिएको छलफलबाट आएको मुख्य निष्कर्ष चाहिं कसरी लैङ्गिक हिंसा ले मानव बेचबिखन (टीआईपी)लाई बढावा दिन्छ र विशेषतः महिलाहरूको सवालमा कसरी हिँसा आफैले बेचबखिनतर्फ धकेल्छ भन्ने नै थियो।”
एशिया फाउण्डेसनका वरीष्ठ कार्यक्रम अधिकृत (सिनियर प्रोग्राम अफिसर) सुस्वप्ना रिमालले मन्तव्यका क्रममा भने, “मानव बेचबिखन र लैंगिक हिंसा झट्ट हेर्दा २ भिन्नाभिन्नै मुद्दा हो जस्तो लाग्छ, तिनीहरू बीचको अन्तरसम्बन्धलाई बेवास्ता गरिदिने हो भने। तर यो अध्ययनले यी दुवै आयामलाई एक अर्कासँग नजिक राखेर हेर्ने प्रयास गरेको छ। यस अध्ययनले सेवा प्रदायकहरूलाई मानव बेचबिखन र लैङ्गिंक हिंसा पिडितहरूसंग व्यवहार गर्दा यी दुबै पक्षहरूलाई सम्बोधन गर्न आवश्यक उपकरणहरू र तरिकाहरू उपलब्ध गराएको छ। अध्ययनले लैङ्गिंक हिंसा र मानव बेचबिखन पिडितहरूलाई उपलब्ध गराइने सेवाहरूका सन्दर्भमा सरोकारवालाहरूको वर्गीकृत (विविध समुहबाट एकीकरण) र छुट्टाछुट्टै अर्थात पृथक चाहनाका सम्बन्धमा पनि आवाज समेटेको छ।अध्ययनका निष्कर्षहरू सरकारको नीति तथा कार्यक्रमहरूमा मात्र सीमित नराखी पिडितहरूसंग प्रत्यक्ष कार्य गरिरहेका संस्थाहरूका लागि समेत सहयोगी बन्नेछ भन्ने विश्वास लिएका छौं।”
Facebook Comment
Comment