नागरिकता बनाउन नक्कली कागजात पेश गरेको आरोपमा आमा छोरा पक्राउ

नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा कपिलवस्तुमा दुईजना पक्राउ परेका छन्।

नेपालभ्युज

नागरिकता बनाउन नक्कली कागजात पेश गरेको आरोपमा आमा छोरा पक्राउ
सांकेतिक तस्वीर

रुपन्देही। नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा कपिलवस्तुमा दुईजना पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा छोराको नागरिकता बनाउन आफ्नो श्रीमानले बनाएको नक्कली नागरिकता पेश गरी नागरिकता बनाउन खोजेको आरोपमा आमाछोरा पक्राउ परेका हुन्।

शुद्धोधन गाउँपालिका–५ की अबराईन खातुनले आफ्ना श्रीमान रियाजुद्दीन खान मुसलमानले बनाएको नक्कली नागरिकतासहित जिल्ला प्रशासन कार्यालय नागरिकताका लागि बिहीबार कागजातहरु पेश गरेकी थिइन्।

छानबिन र अनुसन्धान गर्दा रियाजुद्दीनको नागरिकता नै नक्कली भेटिएपछि अबरईन र जाबेदलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved