छात्राहरूमाथि यौन दुर्व्यवहार आरोप लागेपछि वार्डेन फरार, प्रिन्सिपल पक्राउ

नेपालभ्युज

काठमाडौं। काठमाडौंको जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरूले होस्टलका वार्डेनले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन्। वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको छात्राहरूले अभिभावकलाई जानकारी गराएका थिए।

छात्राहरूले भनेपछि उनीहरुका अभिभावकहरू शनिबार होस्टल पुगेका थिए। उनीहरूले होस्टलमा नाराबाजी गर्नुका साथै दोषीलाई कारबाही माग गरेका छन्। ९ देखि १२ वर्ष उमेका तीन बालिकामाथि यौन दुर्व्यवहार गरेको वार्डेनमाथि आरोप लागेको छ।

महानगरीय प्रहरी वृत्त वौद्धका अनुसार आरोपित होस्टल वार्डेन रामजी बस्नेत फरार छन्।  प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved