बाबुको परीक्षा छोराले दिएपछि…

अर्काको नामको परीक्षा दिने एक जना पक्राउ परेका छन्।

नेपालभ्युज

बाबुको परीक्षा छोराले दिएपछि…
सांकेतिक तस्वीर

काठमाडौं। अर्काको नामको परीक्षा दिने एक जना पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौँडाले लिईरहेको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका–७ बस्ने २० वर्षीय सन्तोष गौतम पक्राउ परेका हुन्।

सोही गाउँपालिका–७ बस्ने टुक नाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिईरहेको अवस्थामा फेला पारिएकाे हाे।

उनलाई बुधबार दिउँसो परीक्षास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved