समातिए तिलहरी र दुलहाको मोबाइल चोरेर फरार युवक

विवाहमा आएकी महिलाको घाँटीबाट तिलहरी चुँडेर फरार भएका एक युवक पक्राउ परेका छन्।

नेपालभ्युज

समातिए तिलहरी र दुलहाको मोबाइल चोरेर फरार युवक
सांकेतिक तस्वीर

रोल्पा। विवाहमा आएकी महिलाको घाँटीबाट तिलहरी चुँडेर फरार भएका एक युवक पक्राउ परेका छन्।

दाङको घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

ती युवकले रुन्टिगढी गाउँपालिका–५ हापखोलास्थित दुलहाले चार्जमा राखेको रेडमी कम्पनीको मोबाइल समेत चोरेको प्रहरीले जनाएको छ।

ती किशोरको मामालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएकाे प्रहरी चौकी दुईखोलीले जनाएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved