उद्योगमन्त्री बडूले बोलेका शब्द हटाउन सभामुखको निर्देशन

नेपालभ्युज

उद्योगमन्त्री बडूले बोलेका शब्द हटाउन सभामुखको निर्देशन
फाइल तस्वीर

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादित शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए।

बिहीबारको संसद्‌मा नीति तथा कार्यक्रमको छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नेपाल आयल निगमलाई सरकारले निजीकरण गर्न लागेको टिप्पणी गरेका थिए। ओलीको उक्त टिप्पणी ‘स्तरहीन’ भनेर उद्योगमन्त्री बडूले टिप्पणी गरेपछि एमालेका सांसदले विरोध गरेका हुन्।

सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिनुभएपछि प्रतिनिधिसभाको बैठक पुनः शुरु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved