काठमाडौं । धरान उपमहागनरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङले नगरभित्रका कर्मचारीप्रति कडा रूपमा प्रस्तुत भएका छन्।
कुनै पनि कर्मचारीले राजनीति गरे वा आस्था मात्र राखे पनि उनले जागिर छाडेर घर बस्न र चुनावमा जान सुझाएका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन् – कुनै कर्मचारीले आफुलाई कुनै राजनीतिक दल सङ्ग आवद्ध भएको छनक दिने अभिव्यक्ति या कार्य गरे जागिर छोडेर, घर बसी नेता बन्ने र चुनाव लड्ने सुबिधा दिनेछु ! – जय धरान !
मेयर साम्पाङले आज मात्र भानुचोक पुगी हातमा झाडु लिएर बिहीबार दिउँसो सरसफाइमा जुटेका थिए। उनले घर, आँगन र सडक सफा राखौं भन्ने सन्देश दिन आफै सरसफाइ अभियानमा निस्किएका थिए।
दुई दिनअघि मात्र पदभार ग्रहण गरेका मेयर साम्पाङले करोडको गाडी चढेर जनताको समस्या नदेखिने बताएका छन्। उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताए।
Facebook Comment
Comment