ज्येष्ठ नागरिक र दीर्घरोगीलाई एम्बुलेन्स निःशुल्क

आकस्मिक बिरामी, दीर्घरोगी, असहाय, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताए।

नेपालभ्युज

ज्येष्ठ नागरिक र दीर्घरोगीलाई एम्बुलेन्स निःशुल्क

दमौली। स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले ज्येष्ठ नागरिक र दीर्घरोगीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन्।

आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शुक्र चुमानले पदभार ग्रहण गर्दै गर्भवती महिला, ६० वर्ष कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका हुन्।

आकस्मिक बिरामी, दीर्घरोगी, असहाय, अशक्तलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष चुमानले बताए।

आवश्यक परेको खण्डमा गाउँपालिका अध्यक्षले प्रयोग गर्ने सवारीसाधनलाई समेत बिरामी बोक्नका लागि प्रयोग गरिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved