मेचीनगरमा गठबन्धन पन्छाउँदै प्रमुख र उपप्रमुखमा एमाले विजयी

नगरका ११ वडा (१, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३) का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ।

नेपालभ्युज

झापा। मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे।

यसैगरी, उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरे।

नगरका ११ वडा (१, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३) का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ।

जिल्लाका १५ ओटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । तीमध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने ६ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved