सिरिजको अन्तिम खेलमा युगान्डासँग खेल्दै नेपाली महिला टिम

सिरिजमा ३-१ ले पछि परेको नेपाल आजको खेल जित्दै ३-२ को अवस्थामा पुग्ने लक्ष्यसाथ मैदानमा हुनेछ।

नेपालभ्युज

सिरिजको अन्तिम खेलमा युगान्डासँग खेल्दै नेपाली महिला टिम

काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा युगान्डाको सामना गर्दैछ। पाँच खेलको सिरिजको अन्तिम खेल आज हुन लागेको हो।

सिरिज गुमाइसकेको नेपालले घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तिम खेलमा युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे शुरु हुनेछ।

आज दुवै टोली सिरिजको सुखद् अन्त्यको खोजीमा हुनेछन्। सिरिजमा ३-१ ले पछि परेको नेपाल आजको खेल जित्दै ३-२ को अवस्थामा पुग्ने लक्ष्यसाथ मैदानमा हुनेछ।

सिरिजको शुरुआती तीन खेल लगातार हारेको नेपाल चौथो खेलमा भने विजयी भएको थियो। चौथो खेलमा नेपालले सिरिजमा पहिलो जित निकाल्ने क्रममा युगान्डालाई १५ रनले हराएको थियो।

त्यसअघि, नेपालले पहिलो खेल १२ रनले, दोस्रो खेल १ विकेटले र तेस्रो खेल ६ विकेटले गुमाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved