एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

नेपालभ्युज

एनएमबी बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एनएमबी बैंकले माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा माइती नेपालका ५३ महिलाहरुकाे उपस्थिति रहेको थियो।

उपस्थित महिलालाई उत्प्रेरणा दिँदै बचत, लगानी, विभिन्न प्रकारका कर्जाहरु तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाका विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो।

कार्यक्रममा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला, कार्यकारी सञ्चालक विश्वराम खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे भने बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल र नबिन पन्थिको उपस्थिती थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved