बर्दिया। मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरप्रमुखमा कांग्रेसका तेजबहादुर भाटले नेकपा (माओवादी केन्द्र) का लक्ष्मीप्रसाद शर्मालाई पराजित गरेका हुन्।
भाटले आठ हजार ७७५ तथा शर्माले सात हजार ९३१ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत तथा माओवादी केन्द्रकी शुभद्रा चौधरीले सात हजार ८९९ मत प्राप्त गरिन्।
ठाकुरबाबामा प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी
बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस तथा उपप्रमुखमा एमाले विजयी भएको छ। नौ हजार ४२ मत प्राप्त गरी प्रमुखमा कांग्रेसका तिलकराम लम्साल विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेत्रराज आचार्यले ६ हजार ८१८ मत ल्याए।
यस्तै ८ हजार १७६ मत ल्याएर उपप्रमुखमा एमालेकी बिना भट्टराई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत प्राप्त गरिन्।
Facebook Comment
Comment