बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा कांग्रेस विजयी

नेपालभ्युज

बागलुङ। तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा दुई हजार २१९ मत ल्याएर निर्वाचित भएका जोकलाल बुढा यसपटक दुई हजार ७०७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भए।

जिल्लाभर संयुक्त पाँच दलले गठबन्धन गरेर चुनावमा गए पनि तमानखोला गाउँपालिकामा गठबन्धन तोडेर आ–आफ्ना उम्मेदवार उठाएका छन्। गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निसु रसाइलीलाई ८१० मत अन्तरले पराजित गर्दै नेपाली कांग्रेसकी हीराकुमारी छन्त्याल विजयी भइन्।

छन्त्यालले दुई हजार ७१९ मत प्राप्त गर्दा रसाइलीले एक हजार ९५८ मत प्राप्त गरिन्। गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले एक हजार ९९५ मत प्राप्त गरे। नेकपा (एमाले)का तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गरे। यस्तै उपाध्यक्षका उम्मेदवार तारानाथ सिपार्लीले एक मत प्राप्त गरे।

यस्तै पाँच ओटा वडा रहेको तमानखोलाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र) का थमबहादुर रोका, वडा नं २ मा माओवादी केन्द्रका नारायण सुनार, वडा नं ३ मा कांग्रेसका झकबहादुर बुढा, वडा नं ४ मा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नं ५ मा नेपाली कांग्रेसका हीराबहादुर श्रीपाली र वडा नं ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्यालको प्यानल विजयी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved