मुस्ताङको थासाङ गाउँपालिकामा एमालेको जित

नेपालभ्युज

काठमाडौं। मुस्ताङको थासाङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन विजयी भएका छन्।

८९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी बालकुमारी शेरचनलाई हराउँदै अध्यक्षमा गौचन निर्वाचित भएका हुन्। गौचनले एक हजार १४४ मत प्राप्त गर्दा कांग्रेसकी शेरचनले एक हजार ५५ मत प्राप्त गरिन्।

थासाङको उपाध्यक्षमा भने कांग्रेसका सोमल हिराचन एक हजार ११२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गरेकी छिन्।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved