उदयपुरको त्रियुगामा मतगणना भोलि

नेपालभ्युज

उदयपुरको त्रियुगामा मतगणना भोलि

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिकामा आइतबार मात्रै मतगणना शुरू गरिने भएको छ।

शुक्रबार वडा नम्बर १२ मा मतदानका क्रममा उत्पन्न विवाद नटुंगिएका कारण मतगणना भोलि मात्रै शुरू गर्न लागिएको हो।

शुक्रबार १२ नम्बर वडामा मतदान जारी हुँदा विवाद उब्जिएकाे थियाे। कांग्रेसले उक्त वडामा पुनः मतदान गर्नुपर्ने माग गरेको छ। आज दिउँसो चार बजे सर्वदलीय बठैक बोलाइएको मुख्य निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए।

त्रियुगामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत साझा उम्मेदवार छन्। तर एकीकृत समाजवादीबाट बलदेव चौधरी पनि मेयरमा उठेका छन्। एमालेबाट भागवत राउत र राप्रपाबाट हरिबहादुर राउत मेयरमा उठेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved