मनाङको सबै पालिकाको अन्तिम परिणाम आउँदा एमाले र कांग्रेसले जिते २\२ पालिका

मनाङमा सबै स्थानीय तहको परिमाण आएको छ। चार पालिका मध्ये नेकपा एमालेले  र नेपाली कांग्रेसले समान दुईदुई पालिकामा जित हासिल गरेका छन्। मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्।  

नेपालभ्युज

मनाङको सबै पालिकाको अन्तिम परिणाम आउँदा एमाले र कांग्रेसले जिते २\२ पालिका

काठमाडौं। मनाङमा सबै स्थानीय तहको परिमाण आएको छ। चार पालिका मध्ये नेकपा एमालेले  र नेपाली कांग्रेसले समान दुईदुई पालिकामा जित हासिल गरेका छन्। मनाङको नासोँ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन्।

कांग्रेसबाट धनबहादुर गुरुङ ८२० मत ल्याई निर्वाचित भएका हुन्। अध्यक्षमा एमालेका मनबहादुर गुरुङ ६४६ मत प्राप्त गरेका छन्।

नार्पा भूमि गाउँपालिकामा कांग्रेसका कोन्जो तेन्जीङ लामाले १५८ मत ल्याई विजयी भएका छन्।

मनाङकै चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले ३२० ल्याई विजयी भएका छन्। प्रमुखमा घलेका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याएका छन्।

मनाङको ङिस्याङ गाउँपालिकामा एमालेले बाजी मारेको छ। घलेले ८६१ मत ल्याउँदा नेपाली कांग्रेसका छिरिङ ओङमा गुरुङले ७१३ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved