मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा स्वतन्त्र

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मत ल्याएर विजयी भए। उनलाई एमालेले सघाएको थियो।

नेपालभ्युज

मनाङ। नेकपा एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिका जितेको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै एमाले विजयी भएको हो।

मनाङ ङिस्याङमा निवर्तमान अध्यक्ष तथा एमालेका अध्यक्ष उम्मेदवार कान्छा घलेले ८६१ मत पाए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका छिरिङ ओङमा गुरुङ (घले)ले ७१३ मत ल्याए।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले ७४४ मत ल्याएर विजयी भए। उनलाई एमालेले सघाएको थियो। उपाध्यक्षमा कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले ७१९ र राप्रपाका ज्यामयाङ टसी गुरुङले १ मत पाए।

मनाङमा सबैभन्दा धेरै ३ हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६५७ (४६ दशमलव ८७) प्रतिशतमात्रै मत खसेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved