मनाङको नार्पाभूमि गाउँपालिकाबाट कांग्रेसले खोल्यो खाता

नेपालभ्युज

मनाङको नार्पाभूमि गाउँपालिकाबाट कांग्रेसले खोल्यो खाता

मनाङ । स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनअन्तर्गत कतिपय ठाउँमा मतगणना चलिरहेको छ भने कतिपय स्थानमा भोलिदेखि शुरु हुने भएकोछ।

यस्तैमा मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्।

१ सय ५८ मत ल्याएर उनी निर्वाचित भएका हुन्। सम्भवतः उनी नै यो पटको स्थानीय तहको पालिका अध्यक्ष निर्वाचित हुने पहिलो जनप्रतिनिधि हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका कृष्ण लामाले १ सय ११ मत ल्याए।

कोन्जो यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए। पछि कांग्रेस प्रवेश गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved