काठमाडौं । विराटनगर महानगरपालिकामा उमपेयर उठेकी शिल्पा निराला कार्कीको उम्मेदवारी खारेजी गर्न माग गर्दै दर्ता भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
आज (बिहीबार) न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै विराटनगर महानगरपालिकाका उपमेयर पदका उम्मेदवार डा अमरेन्द्र यादवले सर्वोच्चमा रिट दर्ता गराएका थिए।
साथै यादवले निर्वाचन आचारसंहिताको निर्देशिका उल्लंघन गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएको हो। कार्कीले आफू बहाल रहेको पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ।

यो पनि पढ्नुहोस्
अस्पतालबाट नियमित भत्ता बुझ्थिन् विराटनगरकी उपमेयर उम्मेदवार कार्की
उजुरी परेपछि कोशी अस्पताल सञ्चालक समितिबाट राजीनामा दिइन् कार्कीले
Facebook Comment
Comment