‘मेरो चरित्र हत्या गर्न खोजियो, पत्रकार सम्मेलन गरेर आरोप खण्डन गर्छु’

नेपालभ्युज

‘मेरो चरित्र हत्या गर्न खोजियो, पत्रकार सम्मेलन गरेर आरोप खण्डन गर्छु’

जनकपुरधाम। जनकपुरधामस्थित होटेलमा बसेर पैसा बाँडेको आरोपमा पक्राउ परेका मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नियोजित ढंगले आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन्।

उनले आफूमाथि लागेको आरोप निराधार रहेको र यसलाई खण्डन गर्न पत्रकार सम्मेलनको आयोजना गर्न लागेको समेत बताएका छन्। उनले जनकपुरधाममा केही गुन्डाहरूले आफूसँग अभद्र व्यवहार गर्ने प्रयास गरेको र प्रहरीले सुरक्षा दिएर आफूलाई त्यहाँबाट निकालेको बताएका छन्।

अध्यक्ष अन्सारीले आफूमाथि लागेको आरोप गलत रहेको भन्दै तीन बजे पत्रकार सम्मेलनको आयोजना गर्न लागेका सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। बिहीबार होटेल सीताशरणमा अन्सारीले मतदातालाई प्रभावमा पार्न पैसा वितरण गरेको भन्दै केही व्यक्तिहरुले घेराउ गरेका थिए।

धनुषा प्रहरीले पनि अध्यक्ष अन्सारीलाई नियन्त्रणमा नलिएको सुरक्षा दिएर एयरपोर्टसम्म पुर्‍याएको जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved