मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेको होइन, सुरक्षा दिएका हौँ : धनुषा प्रहरी

‘‘अन्सारी भ्रमणको क्रममा होटल सीताशरणमा बस्नुभएको थियो। बिनाकारण एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि हामीले उहाँलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएका हौँ,’’ एसपी रजौरेले भने।

मुस्लिम आयोगका अध्यक्षलाई पक्राउ गरेको होइन, सुरक्षा दिएका हौँ : धनुषा प्रहरी

जनकपुरधाम। धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई पक्राउ गरिएको नभएर एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिइएको बताएको छ।

धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले अन्सारीलाई पक्राउ गरिएको र उनको साथबाट पैसा भेटिएको भनेर विभिन्न अनलाइनमा आएका समाचार झुटो भएको बताए।

‘‘उहाँको साथबाट हामीले केही पनि बरामद गरेका छैनौँ,”  एसपी रजौरेले भने, “पैसाको ब्याग भेटिएको भन्ने खबर हल्ला मात्र हो।’’

प्रहरीलाई कुनै संवैधानिक निकायका पदाधिकारीलाई चेकजाँच गर्ने अधिकार नरहेको एसपी रजौरेको भनाइ छ। अध्यक्ष अन्सारीलाई सुरक्षित साथ एयरपोर्ट पुर्याइएको उनले जानकारी दिए।

‘‘अन्सारी भ्रमणको क्रममा होटल सीताशरणमा बस्नुभएको थियो। बिनाकारण एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि हामीले उहाँलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएका हौँ,’’ एसपी रजौरेले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved