पालुङटारमा एमाले र जसपाबीच चुनावी तालमेल

नेपालभ्युज

पालुङटारमा एमाले र जसपाबीच चुनावी तालमेल

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) बीच चुनावी तालमेल बनेको छ।

जसअनुसार पालुङटारको मेयर पदमा जसपाका प्रेमबहादुर गुरुङलाई एमालेले सघाउने निर्णय भएको छ भने उपप्रमुख पदमा एमालेकी पार्वती पाठकलाई जसपाले सघाउने छ। आज दुवै दलले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेका हुन्।

प्रेमबहादुर गुरुङ जनता समाजवादी (जसपा) बाट गोरखाको पालुङटार नगरपालिकामा मेयरमा उम्मेदवार छन्। पालुङटार जसपा संघीय परिषद् अध्यक्ष समेत रहेका सत्तारुढ गठबन्धनका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको गृहनगर हो।

त्यस्तै पालुङटारका वडा नम्बर ६, ७ र १० जसपाले एमालेलाई सघाउने सहमति बनेको छ भने वडा नम्बर ४ र ५ मा एमालेले जसपालाई सघाउने भएका छन्।

पालुङटारमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरे पनि अन्तिममा त्यस्तो हुन सकेको थिएन। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच भएको तालमेल भंग भएको थियो। कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल नभएको हो।

यहाँ नेपाली कांग्रेसबाट दीपकबाबु कँडेल मेयर उम्मेदवार छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved