माओवादीले सरकारमा सहभागी मन्त्रीको नाम भोलि तय गर्ने

नेपालभ्युज

माओवादीले सरकारमा सहभागी मन्त्रीको नाम भोलि तय गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भोलि (बिहीबार) तय गर्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम तय गर्ने जानकारी गराएका थिए।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी अध्यक्ष दाहालले भोलि संसद् बैठकपछि अधिवेशन अन्त्य हुने बताएका थिए। दलहरूबीच मन्त्रालयको भागबण्डा नमिल्दा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम तय गर्न दलहरूले विलम्ब गरिरहेका छन्।

यस्तै आजको बैठकमा पार्टीको अधिवेशनका विषयमा पनि छलफल भएको थियो। बैठकमा सहभागी एक नेताका अनुसार राष्ट्रिय सम्मेलनमा १ हजारदेखि १२ सय प्रतिनिधि रहने निर्णय गरेको छ।

राष्ट्रिय सम्मेलनमा कसरी प्रतिनिधित्व गर्ने भन्ने विषयमा पनि बैठकले मापदण्ड तय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved