भारतीय सहयोगमा बनेका काभ्रेका ६ विद्यालय उद्घाटन

कुल १९ करोड ७० लाख लागतमा ६ ओटा विद्यालयको पुनर्निमाण गरिएको हो। 

नेपालभ्युज

भारतीय सहयोगमा बनेका काभ्रेका ६ विद्यालय उद्घाटन

काठमाडौं। भारतीय सहयोगमा बनेका काभ्रेका ६ ओटा विद्यालयको उद्घाटन गरिएको छ।

मंगलबार साँझ काठमाडौं आएका भारतको विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवसहित नेकपा एमाले नेता गोकुल बास्कोटा, काभ्रेपलाञ्चोक १ का प्रतिनिधासभा सदस्य गंगाबहादुर तामाङ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा विद्यालय उद्घाटन गरेका हुन्।

प्राधिकरणका अनुसार भूकम्पले क्षति पुगेका बनेपाको श्री आजाद माध्यमिक विद्यालय,  पाँचखालका श्री भगवती माध्यमिक विद्यालय, श्री आजाद माध्यमिक विद्यालय र श्री दुग्धेश्वर माध्यमिक विद्यालय, पनौतीको श्री शारदा माध्यमिक विद्यालय तथा चौरी देउरालीको श्री खाँडादेवी माध्यमिक विद्यालयको उद्घाटन गरिएको हो।

कुल १९ करोड ७० लाख लागतमा ६ ओटा विद्यालयको पुनर्निमाण गरिएको हो।

नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्‍याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको प्रतिवद्धता गरेको थियो। परियोजनाअन्तरगत हालसम्म १४ ओटा विद्यालयहरूको निर्माण भइसकेको छ भने ५६ ओटा विद्यालयको निर्माण कार्य भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved