ओलीले पुरातनवादी र भ्रष्टाचारीसँग गठबन्धन गरिरहेका छन् : पौडेल

विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरूले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको र विकासका योजना अलपत्र पारेको आरोप उनले लगाए।

नेपालभ्युज

ओलीले पुरातनवादी र भ्रष्टाचारीसँग गठबन्धन गरिरहेका छन् : पौडेल

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरूसँग गठबन्धन गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले ओलीले राजावादी, पुरातनपन्थी र भ्रष्टाचारीसँग गठबन्धन गरिरहेको आरोप लगाए।

विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरूले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको र विकासका योजना अलपत्र पारेको आरोप उनले लगाए। जसकारण ओली प्रवृत्तिसँग लड्न कांग्रेसले परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरूलाई एक ठाउँमा राखेर गठबन्धन गरेको उनको भनाइ थियो।

वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved