लक्ष्मीभक्त उपाध्याय अनुभवी र पाको नेता : अध्यक्ष ओली

उपाध्यायले विसं २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गरेका वक्तव्यमा जनाइएको छ।

नेपालभ्युज

लक्ष्मीभक्त उपाध्याय अनुभवी र पाको नेता : अध्यक्ष ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका छन्।

आज शोक वक्तव्य जारी गर्दै ओलीले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहेका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको बताएका छन्।

नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर उनले निरन्तर कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गरेको वक्तव्यमा उल्लेख छ।

‘हाम्रो पार्टी उहाँका समस्या योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका सकारात्मक योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछ,’ अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ।

उपाध्यायले विसं २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गरेका वक्तव्यमा जनाइएको छ।

उपाध्याय १२ वैशाख १९८७ मा तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved