बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नेपालभ्युज

बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
फाइल तस्वीर

बागलुङ। बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्। सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायतका विषयमा छलफल थालेका छन्।

राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताए। आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उनको तर्क थियो।

“निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, दलहरु नै यसको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्छ”, उनले भने, “हामी कर्मचारीले निगरानी गरेर मात्रै कार्यान्वयन हुने विषय होइन।”

बुधबार नै पत्रकारसँग छलफल गर्दै न्यौपानेले सही सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गरे। गलत सूचनाका कारण भय र द्वन्द्वको वातावरण सिर्जना हुनसक्ने भन्दै उनले निर्वाचनमा सफल बनाउने जिम्मेवारी सबैको भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved