उपकार लघुवित्तको आईपीओ बाँडफाँड

नेपालभ्युज

उपकार लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कुल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ। बाँडफाँडमा बाँकी छ कित्ता शेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएको छ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरीदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए। बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved