काठमाडौं। साताको पहिलो कारोबार दिन शेयर बजार ६१.२७ प्रतिशतले घटेको छ। आज १३ ओटा समूहमध्ये १२ समूहको परिसूचक ओरालो लागेको नेप्से २ हजार ७५८ दशमलव ४८ विन्दुमा झरेको छ।
म्याचुअल फण्डको परिसूचक भने शून्य दशमलव २१ प्रतिशतले बढेको छ।
आइतबार ६ अर्ब ५० करोड रुपैयाँको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयरको कारोबार भएको छ। शेयर बजारमा उतारचढावका कारण शेयर कारोबार पनि घट्दै गएको छ।
आज सबैभन्दा बढी ३३ करोड ९६ लाख रुपैयाँले अरुण भ्यालीको र त्यसपछि ३१ करोड ८९ लाख रुपैयाँको फरवार्ड माइक्रोफाइनान्सको शेयर कारोबार भएको छ।। साताको अन्तिम कारोबार दिन बिहीबार ७ अर्ब ६३ करोड ६३ लाख रुपैयाँ बराबर १ करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर कारोवार भएको थियो।
अघिल्लो साता मंगलबारदेखि शेयर बढेकोमा कुल २८ अर्ब ७६ करोड रुपैयाँको ६ करोड चार लाख ७३ हजार १६१ कित्ता शेयर कारोबार भएको थियो।
Facebook Comment
Comment