राष्ट्रपति भण्डारीले दिइन् सेना परिचालन स्वीकृति

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डरीले सेना परिचालन स्वीकृति दिएको जनाएका छन्।

नेपालभ्युज

राष्ट्रपति भण्डारीले दिइन् सेना परिचालन स्वीकृति
फाइल तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी ३० वैशाखका लागि तोकिएको स्थानीय निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई स्वीकृति दिएकी छन्।

स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार भण्डारीले सेना परिचालनको स्वीकृति दिएकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डरीले सेना परिचालन स्वीकृति दिएको जनाएका छन्।

आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम मिति २०७८/१२/२९ मा स्वीकृति प्रदान गर्नुभएको’।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved