हेटौंडा । मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा ३५ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा चितवन बाट हेटौंडा आउँदै गरेको बा ८ ख ८१०६ नम्बरको बसको पछाडिको सिटमा सवार यात्रुले झोलामा लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर १ का १९ वर्षीय सरोज तामाङ, ११ नम्बर वडाका २५ वर्षीय सूर्य बहादुर स्याङ्बो, २८ वर्षीय होमनाथ मुक्तान, २५ वर्षीय यमराज मुक्तान र ३४ वर्षीय एबी लाल तामाङ छन्।
यसैबीच मकवानपुर प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट हरीयालीबा खटिएको टोलीले हेटौंडा ७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोनलाई पक्राउ गरेको हो। ब्लोनको घरमा चेकजाँच गर्ने क्रममा दराज र पलङमा लुकाएर राखेको अवस्थामा १ हजार ४० ट्याब्लेट ट्रामा, ५२५ ट्याब्लेट नाइट्रोभेट र १० बोतल मोरक्स पारेको दासले जानकारी दिए।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment
Comment