एजेन्सी। श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरी लगाइएको सङ्कटकाल खारेज गरेका छन्।
गएरातिदेखि लागू हुनेगरि सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन्।
आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो।
“सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको सङ्कटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भनेका छन्।
आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै शुरु भएको आन्दोलन अझै पनि जारी छ।
प्रशासनिक सङ्कटकाल खारेज गरिए पनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन्।
देशभर औषधिको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य सङ्कटकाल लगाउनुपरेको सरकारी अधिकारीहरूको भनाइ छ।
Facebook Comment
Comment